ताजा समाचार

भीम रावललाई प्रधानमन्त्री ओलीको जवाफ- मैले तपाईंहरू कुन पार्टीको हो भनेर सोध्न नपरोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् ।

सोमबार १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर सोध्नेहरू थाहा पाउन अदालत जान आग्रह गरेका हुन् ।

आइतबार बसेको पुनर्स्थापित संसदको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले प्रधानमन्त्री ओली कुन पार्टीका हुन् भन्ने प्रश्न गरेका थिए ।

रावललाई त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने जानकारी पाउँ भन्ने प्रश्न उठेछ । मैले उहाँलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको सदस्य हो भनेर। ’

प्रधानमन्त्री ओलीले अदालतले सुनाएको फैसला सबैले मान्नु पर्ने पनि बताए । ‘केही मान्छेले अदालतले भनेको पनि सुन्ने गरेका छैनन् । अदालतले भनेको पनि नसुन्ने, देख्नै नसक्ने, देख्नै नखोज्ने, सुन्नै नखोज्ने यो प्रवृत्ति राम्रो होइन,’ उनले भने ।

नेकपाको प्रचण्ड–नेपाल समूह नेकपाको आधिकारिकता आफूहरूलाई दिन निर्वाचन आयोगलाई दबाब दिँदै आएको थियो । तर, सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org