ताजा समाचार

नेकपा एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ।

महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका थिए।

नेपाल‚ खनाललगायतका  नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महासचिव पोखरेलको सचिवालयले जनाएको छ।

सचिवालयमा महासचिवको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहने प्रावधान छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org