ताजा समाचार

जेठ १३ गते एसइई र जेठ २६ देखि कक्षा १२ को परीक्षा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा आउँदो जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले कक्षा १२ को परिक्षा भने जेठ २६ देखि सुरु गर्ने भएको छ । कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ ।

अघिल्लो वर्ष कोरोना महामारीले गर्दा शैक्षिक तालिकामा फरक परेको कारण परीक्षाको समय पछि धकेलिएको हो ।  राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले यो वर्षको एसईई र कक्षा १२ को परीक्षा निर्धारित मितिमा व्यवस्थित ढंगले हुने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org