ताजा समाचार

गायिका तथा लेखक हुमागाईलाई `राष्ट्रिय समावेशी म्युजिक अवार्ड´

काठमाण्डौँ । गायिका तथा लेखक विमला हुमागाई `चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१´ प्रदान गरिएको छ ।

गायक तथा लेखक हुमागाको शब्द तथा प्रताप दासको  आवाज रहेको ढुंगा मुडा बोलको गीत बाट नेपाली ( आधुनिक) विधामा  राष्ट्रिय समावेशि म्युजिक अवार्ड प्रदान गरिएको हो ।

हुमागाई गीत लेखनका साथै उपन्यास लेखनमा पनि क्रियाशिल हुनुहुन्छ। भर्खरै मात्र लेखक तथा गायक हुमागाईको `अधबैंसे आइमाई´बजारमा आएको थियो ।

पीम नेपालको प्रस्तुति रहेको यो अवार्डका लागि मुलधारका गीतसँगै भाषिक, पर्व र क्षेत्रीय गीतहरुको पनि मनोनयन सार्वजनिक गरिएको थियो । यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको थियो ।

`नेपाली हुनुमा गर्व गरौं भाषा र संस्कृतिको जगेर्ना गरौं´ भन्ने मुल नाराका साथ काठमाडाैमा चाैथो राष्ट्रिय समाबेशि  म्युजिक अवार्ड सम्पन्न भएको थियो ।


Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org