ताजा समाचार

संसद् बैठकमा नबसी बाहिरिए प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ‌ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् ।

उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।

बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।

२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org