आइभरी कोस्टका प्रधानमन्त्री बाकायोकोको निधन
एजेन्सि । पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको बुधबार जर्मनीमा निधन भएको छ ।
अर्बुध रोगबाट पीडित प्रधानमन्त्री हामेदको जर्मनीको एक अस्पतालमा उपचारकै क्रममा निधन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आइभरी कोस्टका राष्ट्रपति अलास्साने औटाराले ट्वीट गर्दै जर्मनीमा अर्बुद रोगको उपचार गराइरहनु भएका प्रधानमन्त्री हामेदको बुधबार निधन भएको र यसबाट मुलुक शोकमा डुबेको बताएका छन् ।
उनले ५६ वर्षीय प्रधानमन्त्री हामेदले देशका लागि पूर्ण लगनशीलताका लागि कार्य गर्नु भएको र युवाका लागि मोडेल नै रहेको बताउँदै हामेदको निधनबाट मुलुकले एक प्रतिभाशाली राजनीतिज्ञ गुमाएकामा दुःख प्रकट गरेका छन् ।
Comments
अरु समाचार
-
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
काठमाडौं । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुनेभएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते...
-
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको कालीमाटीस्थित...
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको...
-
आइजीसीको बैठ काठमाडौंमा सुरु, वस्तु निर्यातदेखि वाणिज्य सन्धिसम्मका विषय उठाइने
काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी)को बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
एकताबद्ध भएर स्ववियु निर्वाचन जित्न अनेस्ववियुलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय...
-
पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा...
-
रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।...