ताजा समाचार

कांग्रेसले बोलायो पदाधिकारी बैठक, आजै जसपासँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत जनाकारी दिए।

नयाँ सरकार गठनको विषयमा अहिलेसम्म कुनै निर्णय लिन नसकेको कांग्रेसले जनता समाजवादी पार्टी जसपासँगको संवाद अघि आन्तरिक छलफल गर्न भन्दै पदाधिकारी बैठक बोलाएका हो।

पदाधिकारी बैठक सकिएलगत्तै उसले जनता समाजवादी पार्टीसँग छलफल गर्ने छ। छलफल दिउँसो ४ बजे  देउवाको बुढानिलकण्ठ मै हुने महतको भनाइ छ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछिको परिस्थिति र सत्ता समीकरणको विषयमा छलफल मुख्य एजेण्डामा रहेर छलफल हुने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org