ताजा समाचार

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री नेपाल,खनाल र भट्टराई सहभागी नहुने

काठमाडाैँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।

भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता जान नपाउने भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि स्वास्थ्यका कारण सहभागी नहुने बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org