ताजा समाचार

सिङ्गो लुम्बिनी प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्वले दिन सक्छ: कृषि मन्त्री पौडेल

रुकुम पुर्व ।  लुम्बिनी प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्व) ले दिने बताउनुभएको छ ।                                              प्रदेशकै एकमात्र अर्गानिक जिल्ला रुकुम –पूर्व) ले दिने उत्पादनले प्रदेशभरीलाई नै धान्ने मन्त्री पौडेलले बताउनुभयो । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम –पूर्व) ले आयोजना गरेको स्थानीय तहसँग योजना तर्जुमा तथा दोस्रो चौमासीक प्रगति समिक्षा गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

यसै आर्थिक वर्षमा अर्गानीक जिल्ला घोषणा गरेको यस जिल्लाका कृषकहरुले व्यवसायीक रुपमा कृषिलाई अंगालेभने यहाँको उत्पादनले प्रदेशलाई धान्ने र अर्गानीक खानपानले मानीसलाई निरोगी बनाउने मन्त्री पौडेलको भनाई छ । यस जिल्लामा सबै प्रकारका कृषि र पशुपालनको सम्भावना राम्रो रहेको बताउदै यस्ता कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले हरसम्मको सहयोग गर्ने प्रतिबद्धता मन्त्री पौडेलले बताउनुभयो ।

यस्तै उहाँले कार्यक्रममा सहभागीहरुबाट अनुगमणको पाटो फितलो भयो भन्ने गुनासोलाई सम्बोधन गर्दै आगाम िदिनमा संयुक्त अनुगमणमा जाने योजना बनाएको र त्यसैअनुरुप सुधारको पटोलाई अगाडि बढाउने मन्त्री पौडेलले बताउनुभयो । “अहिले जिल्लामा साना कृषहरुलाई स्थानीय सरकारले हेरीराको छ”, मन्त्री पौडेलले भन्नुभयो, “प्रदेश सरकारले अलीकती ठुलो व्यवसाय गर्नेहरलाई मोटो रकम दिन्छ ।” त्यसैले कृषकहरुले पनि आफ्नो व्यवसाय कुन सरकारसँग बजेट मागनको लागि उपयुक्त छ, त्यो कुरामा ध्यान दिएर अुदान माग गर्नुपर्ने उहाँको भनाई छ ।

यस्तै मन्त्री पौडेलले प्रदेशका अन्य जिल्लालाई भन्दा यस अर्गानीक जिल्ला रुकुम –पूर्व) लाई सकारात्मक विभेद गरेर जैविक मलमा केहि अनुदान बढाउन सकिने कुरा कृषकहरुलाई जानकारीसमेत गराउनुभएको छ । कृषकलाई ब्याजमा अनुदान दिने नीति प्रदेश सरकारले लिएको भन्दै त्यसमा जोडिनसमेत उहाँले सबै कृषकलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रदेश सरकारले सहकारी विकास कोषको स्थापना गरेको छ भने प्रोत्साहन अनुदान, करार खेतीको नीती, कृषिकर्मी रोजगारलगाएतको व्यवस्था गरेको बताउनुभयो ।

अब भने कृषि र पशुको क्षेत्रमा काम भइरहेको ठाउँमा स्थलगत तालिम सञ्चालन गर्ने मन्त्री पौडेलले बताउनुभयो । प्रदेशमा बसेर गरेको कुराले यहाँ काम गर्न सम्भव नभएको भन्दै ८० प्रतिशत व्यवहारीक र २० प्रतिशत शैद्धान्तीक कुरालाई लागु गर्दै कृषकको बारीमै पुगेर स्थलगत तालिमको व्यवस्था गरिने मन्त्री पौडेलले बताउनुभएको छ । यस्तै उहाँले यहाँको अर्गानीक उत्पादनले बजार पाउदैनी भन्ने कुरामा अन्योलमा नपर्न कृषकलाई अनुरोध गर्नुभएको छ । जिल्लामा कृषि उद्योग सञ्चालन गर्न प्रदेश सरकार सकारात्मक भएको पनि मन्त्रि पौडेलको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org