ताजा समाचार

चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन: महासचिव पोखरेल

गुटगत भेलामा सहभागी हुनेलाई कारवाही गर्ने चेतावनी

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको बताएका छन्।

मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी महासचिव पोखरेलले नेकपा (एमाले) को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला रहेको भन्ने सूचनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भोलि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ।

सो भेलालाई ‘गुटगत’ भेलाकाे संज्ञा दिँदै सहभागी नहुन महासचिव पोखरलेले निर्देशन दिएका छन्।

अन्यथा मुलुकको संविधान, पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।                       

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org