ताजा समाचार

नेपाल समुहलाई पोखरेलको कटाक्षः जति रिस उठेनि घर त आफ्नै हो नि..

विधि र पद्धतिलाई लिएर पोखरेलले उठाए नेपाल समूहमाथि प्रश्न

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेले विधि र पद्धतिलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमाथि प्रश्न उठाएका छन्।

पार्टीमा सबै विधि र पद्धतिको कुरा गर्नेले अध्यक्ष र महासचिवको सहमतिविनै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको भन्दै मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि प्रश्न उठाएका हुन्।

उनले जति रिस उठेको भए पनि घरभित्र सल्लाह गर्नुपर्ने धारणा राखेका छन्।

‘पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमति नचाहिने भएपछि के विधि र पद्धतिको कुरा गरिरहनु? जति रिस उठे नि घर त आफ्नै हो नि…’, बुधबार बिहान मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमती नचाहिने भएपछि के विधि र पद्धतीको कुरा गरिरहनु? जति रिस उठेनि घर त आफ्नै हो नि..

Posted by Shankar Pokhrel on Tuesday, March 16, 2021

 

नेकपा एमाले भित्रको विवाद उत्कर्षकमा पुगेपछि वरिष्ठ नेता नेपाल पक्षकले बुधबार र बिहीबार लतिलपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेका छन्। भेलाको केही समय अगाडि मुख्यमन्त्री पोखरेलले नेपाल समूहमाथि यस्तो प्रश्न उठाएका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा भेला नगर्न र नेता कार्यकर्तालाई भेलामा नजान निर्देशन दिएका थिए।

त्यस्तै महासचिव ईश्वर पोखरेले पनि एक विज्ञप्ति प्रकाशित गर्दै भेला नगर्न निर्देशन दिएका थिए।

नेपाल समूहले भने मंगलबार नै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको धम्कीबाट नडराउने र भेला गरेरै छाड्ने बताएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org