ताजा समाचार

बरिष्ठ नेता खनालको अध्यक्षतामा शुरु भयो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता शुरु भएकाे छ ।

११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको  छलफलपछि भेला शुरु भएकाे हाे ।

ललितपुरकाे सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएकाे भेला भाेलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएकाे छ ।

ओली पक्षले खनाल नेपाल पक्षकाे भेलामा सहभागी हुनेलाई कारबाहीकाे चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताकाे उल्लेख सहभागिता रहेकाे छ । बैठककाे अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org