ताजा समाचार

केपी ओलीकै अहंकारका कारण समाजवाद यात्रामा धक्का पुग्यो : झलनाथ खनाल

ओलीले आफ्ना धुपौरे र आसोपासेलाई नियुक्त गर्ने काम मात्र गरे

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासेलाई नियुक्ति गर्ने काम गरेको आरोप लगाएका छन् ।

काठमाडौँमा खनाल‍-नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको बताएका हुन् ।
‘सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न सकेन । नेता र केन्द्रीय कमिटीसँग छलफल, विचार विमर्श गर्नु भएन,’ उनले भने, ‘भ्रष्टाचार व्यापक रुपमा बढेर गयो । स्वयं प्रधानमन्त्रीले त्यस्तालाई संरक्षण गर्ने कुरा अगाडि सार्न थाल्नु भयो । त्यसैले देशमा अन्यौंल बढ्दै गयो । ओलीले आफ्ना धुपौरे र आसोपासेलाई विभिन्‍न निकायमा नियुक्त गर्ने काम गर्नुभयो । पार्टीमा कुनै सल्लाह गर्नु भएन ।’

ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको खनालको आरोप छ ।  ‘समाजवादको दिशामा अगाडि बढाउने सम्भावना पैदा भएको थियो । तर, त्यो सम्भावनालाई ओली नेतृत्वको सरकारले  मनपरितन्त्र र अहंकारले ग्रस्त भएर आफ्नै खालका काम गर्न थाल्नुभो,’ उनले भने, ‘आफ्ना गुटका मान्छेलाई मात्रै राखेर क्याविनेट बनाइयो । प्लानिङ कमिसन पनि त्यसरी नै बन्यो । तीन वर्षका नीति र कार्यक्रममा कुनै सरसल्लाह रहन सकेन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org