ताजा समाचार

अझै समय छ, २८ फागुनको निर्णय फिर्ता लिएर भेलामा आउनुस्ः अष्टलक्ष्मी शाक्य

काठमाडाैँ । नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले ललितपुरको सानेपामा जारी कार्यकर्ता भेलामा उपस्थित हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेकी छन्।

एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राखेको राष्ट्रिय कार्यकर्ता भेलामा बुधबार बोल्दै शाक्यले भनिन्, ‘अहिले पनि समय छ यो भेलामा आइदिनुस्।’

उनले अध्यक्ष ओलीले गत फागुन २८ गते गुटको भेला गरेर अध्यक्ष र महासचिवबाहेक अरू पदाधिकारीलाई खारेज गरेकोमा विरोध पनि गरेकी छन्।

‘२८ गतेको भेला विधान विपरीत छ। त्यो गुटको भेला हो। अध्यक्ष र महासचिव मात्रै राखेर हामी पदाधिकारीलाई हटाउने निर्णय विधान सम्मत छ?,’ उनले प्रश्न गरिन्, ‘त्यो भेलाको निर्णय फिर्ता लिएर अहिले पनि समय छ यो भेलामा आइदिनुस्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org