ताजा समाचार

जसपाको नेतृत्वमा सरकार बनाउनु हुँदैन : नेता कर्ण

जसपा नेता कर्ण भन्छन्– माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

काठमाडाैं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका बताएका छन्।

सिंहदरबारमा बुधबार संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान संसोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई संवैधानिक र कानुनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएका बताएका छन्।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफूहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका बताए।प्रतिनिधिसभा पुनर्स्थापनालगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरू पूर्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तीव्र बनेको छ। उनले सबै दलसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने पनि बताए।

जसपा नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गरे। सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्न भिन्न भएको भन्दै उनले अरु दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गरे।

उनले भने, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन। यो मेरो व्यक्तिगत धारणा हो। यो सरकार अरुको हत्केलामा हुन्छ। अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ। त्यसकारणले सरकारमा जानु अलग हो। सरकारलाई समर्थन गर्नु अलग हो। र सरकारै चलाउने विषय झन् अलग हो। यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org