ताजा समाचार

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाइएको एमाले नेता विशाल भट्टराईले जानकारी दिए ।

‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको छ’ भट्टराईले भने ।

भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org