ताजा समाचार

बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपालसमूहका सांसद्को भेला हेरिटेज गार्डेनमै

काठमाडौं । एमाले संसदीय दलको बैठक बिहीबार बस्दैछ। प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओलीले बिहीबार बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराई जानकारी दिए।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ।

माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्। आजको संसदीय दलको बैठकमा माधवसमूह नजाने भएको छ। राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने एमाले नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्।

नेपाल पक्षले सांसदको भेला ललितपुरमा

ओलीले बैठक बोलाएकै समयमा नेपाल-खनालले पनि आफ्नो समूहका सांसदहरुको भेला बोलाएको छ। ललितपुरको हेरिटेज गार्डेन ब्याक्वेटमै सांसदलाई छलफलका लागि बोलाइएको हो। यो समूहले यहि स्थानमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममै बुधबार र बिहीबार राष्ट्रिय भेला आयोजना गरिरहेको छ। भेलामा माधवसमूहका राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरु सहभागी हुँदैछन्। गुट भेला गर्ने र संसदीय दलको बैठकमा सहभागी नहुनेलाई पार्टीको विधानअनुसार प्रक्रिया अगाडि बढ्ने ओलीले चेतावनी दिइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org