ताजा समाचार

तीन महिने कार्यक्रम पारित गर्दै खनाल-नेपाल समूहको भेला आज सकिँदै

काठमाडौँ। सत्तारुढ नेकपा एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ ।

ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ । पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन् ।

भेलाले उक्त समूहको आगामी रणनीति पनि तय गर्ने तयारी छ । भेलाले तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने कार्यक्रम पारित गर्ने तयारी भएको छ । भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन् ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।

ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org