ताजा समाचार

वामदेव संसदीय दलको बैठकमा नजाने, वामदेव पत्नी भने बालुवाटार जाँदै

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा आयोजना गर्ने संसदीय दलको बैठकमा नेता वामदेव गौतम पनि नजाने भएका छन्।

गौतम पत्नी तुलसा थापा भने बैठकमा सहभागी हुने भएकी छन्।

बैठकमा आउन प्रमुख सचेतक विशाल भट्टराईले फोन गरेको र आफू बैठकमा  नआउने  जवाफ गौतमले  दिएको एकता अभियानका सचिव बाबुराम थापाले जानकारी दिए। पार्टी विभाजन तर्फ उन्मुख भएको बेला गौतमले भने दुवै समूहलाई मिलाउने भन्दै एकता अभियान चलाइरहेका छन्।

गौतम राष्ट्रियसभा सदस्य हुन् । गौतम पत्नी  तुलसा भने एमाले पुनःस्थापनापछि अध्यक्ष केपी ओलीले बोलाएका बैठकमा सहभागी हुने गरेकी छन्। गौतम पत्नी तुलसा थापा भने  प्रतिनिधिसभा समानुपातिक सांसद हुन्।  उनी भने आफू बैठकमा सहभागी हुन बालुवाटार गइरहेको थाहाखबरलाई जानकारी दिइन्।

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेको खनाल नेपाल समूह भने सहभागी नहुने जनाएको छ। उसले पनि बालुवाटारमा संसदीय दलको बैठक अघि आफ्ना सांसदहरुलाई बोलाएर छलफल गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org