ताजा समाचार

पूर्वराजपा समूहको छुट्टै बैठक जारी

काठमाडाैँ ।  जनता समाजवादी पार्टीको अन्तर कलह बढेर गुटगत भेलामा परिणत हुन थालेको छ ।

आन्तरिक विवादका कारण कार्यकारणी समितिको बैठक बस्न नसकेका बेला जसपाको पूर्वराजपा समूह अहिले साँझ छुट्टै बैठक बसिरहेको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतोको पहलमा पूर्वराजपाको बैठक बानेश्वरस्थित इन्द्रेणी ब्यांकेटमा बसिरहेको छ । सत्ता समीकरणमा कुन समूहमा लाग्ने भन्ने निर्णय गर्न समस्यामा फसेको जसपाले आज दिउँसोको कार्यकारिणी समितिका बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org