ताजा समाचार

वामदेवले बोलाए किसान महासंघको बैठक

काठमाडाैँ । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमाले पुर्नस्थापित भए पनि विवाद उस्तै छ ।

पार्टी पुरानै स्थितिमा फर्किन नसकिरहेका बेला एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार आफू अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघको बैठक राखेका छन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बिहान साढे ११ बजे बैठक राखिएकोमा अब केहीबेरमा सुरु हुने गौतमका स्वकिय सचिव दीपक टमटाले जानकारी दिएका छन् ।

महासंघको बैठकमा पार्टी अध्यक्ष केपी ओलीनिकट किसान नेताहरु भने सहभागी छैनन । पार्टी विवादमा ओली र माधव–खनाल दुबैतर्फ नलागेको गौतम २८ फागुनमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक राखेर एकलौटी निर्णय गरेपछि नेपालसँग नजिकिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org