ताजा समाचार

‘प्रधानमन्त्रीज्यूसँगको परामर्शमा नै मैले स्वेच्छापूर्वक यो जिम्मेवारीबाट विदा लिएको हुँ’ (राजीनामाको पूर्णपाठसहित)

काठमाडाैँ । सक्रिय राजनीतिमा फर्किनुपर्ने दायित्वबोध भएको भन्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पत्रकार सम्मेलन गरेर खरेलले राजनीतिमा फर्किनुपर्ने आफ्नो दायित्व भएकाले राजीनामा दिएको स्पष्ट पारेका हुन्।

‘तीन वर्षको राजनीतिक जीवनको विश्रामपछि मेरो अन्तस्करणले मलाई साविककै कामलाई निरन्तरता दिन उत्प्रेरित गर्‍यो। त्यही भूमिकामा क्रियाशील हुनुपर्ने दायित्वबोध पनि भयो’, उनले भनेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँगको परामर्शमा नै मैले स्वेच्छापूर्वक यो जिम्मेवारीबाट विदा लिएको हुँ।’

८ फागुन २०७४ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका खरेलले राजीनामा दिँदै १० बुँदाको भाषणसमेत गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org