ताजा समाचार

सत्तारूढ एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै, खनाल-नेपाल समूह नजाने

काठमाडाैँ । सत्तारुढ नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक आज बस्दैछ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेपछि बस्नेछ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला गरेपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएका हुन् ।

यसैबीच झलनाथ खनाल र माधव नेपाल समूहले भने ओलीले बालुवाटारमा बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरेका छन्।

शुक्रबार काठमाडौंमा बसेको नेपाल-खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।

यस्तै कुनै पनि बैठकमा अनुपस्थित हुँदै आएका उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओलीले बोलाएको आजको बैठकमा सहभागी हुने जानकारी गराएका छन्।

शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले केपी ओलीविरूद्ध पार्टीमै रहेर आन्दोलन गर्ने भन्दै बैठकमा सहभागी हुने बताएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org