ताजा समाचार

संसदीय दलमा ओलीले भने– खनाल नेपाल समूह कारबाहीको लायक छन्, कारबाही हुन्छ

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेतृत्व सरकार समूह कारबाहीको भागीदार रहेको भन्दै उनीहरुलाई कारबाही हुने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको जिकिर गरे ।

बैठकका सहभागी एक सांसदका अनुसार ओलीले खनाल–नेपाल समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने भएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही अघि बुटवलमा आयोजित एक कार्यक्रम सार्वजनिक रुपमै माधव नेपाल समूहको योजनाबारे खुलासा गरिसकेको उनको भनाइ थियो ।

उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे । ‘भेलाका अगुवाहरुलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाइन्छ’, ओलीले भने, ‘भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । ढुक्क हुनुस्, पार्टीभित्र गुटगत काम गर्नेलाई कारबाही हुन्छ । आफ्नै गतिविधिले उहाँहरु कारबाहीका भागिदार हुनुहुन्छ ।’

उनले कार्यकर्ताले अलमलिनु आवश्यक नरहेको भन्दै ओलीले एमाले एकढिक्का भएर अघि बढ्ने पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org