ताजा समाचार

सत्ता टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् ।

आफूले बोलाएको ‘केन्द्रीय कमिटी’ बैठकमा ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६(२) मा रुपान्तरित भएको बताए । यही अनुसार अगाडि बढ्ने भन्दै उनले भने, ‘सरकार टिकाउन अनुचित सम्झौता, सिद्धान्तहीन गठबन्धन र जनताको भावना विपरित काम गर्ने छैनौं ।’

कथम्कदाचित थप घेराबन्दी गरिए नयाँ शक्तिका साथ आउने बताएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org