ताजा समाचार

केपी ओलीले जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथी संकट निम्त्याए: सांसद रोका

रुकुम पूर्व । प्रतिनिधि सभा तथा नेकपा माओवादी केन्द्र  केन्द्रीय सदस्य कमला रोकाले प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएकी छन् ।

रुकुम पूर्वको सिस्ने गाउपालिका ३ पोखरामा भएको राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै रोकाले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने जनाएकी छन् ।

प्रधानमन्त्री ओलीकै कारणले गर्दा जनताको त्याग र बलिदानीबाट प्राप्त भएको संबिधान संकटमा परेको बताउएकी हुन् ।

राष्ट्र र जताका भावना अनुसार कम्युनिस्ट धुब्रिकरणको प्रक्रिया अघि बढिसकेको बताउएकी छन् । संसद रोकाले फरक प्रसंगमा आफ्नो क्षेत्रको समृद्धि र बिकासका लागि आनो तर्फबाट आफुले हर प्रयास गरेको बताइन् ।

युवाहरु राष्ट्रका खम्बा भएको विशेष गरि युवाहरु शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन आवस्यक छ । खेलमा इमानदारीता र अनुसासनकाे जरुर देखिन्छ । राेकाले भनिन्, आजका युवाहरुले नयाँ नयाँ कुराकाे खाेज अनुसन्धान गर्न, राज्य सत्तामा भैरहेका गतिविधिकाे मूल्याङ्कन गर्न र अधिकार खाेज्दा आफ्ना कतिपय कर्तव्यहरु पनि बाेध गर्न आजकाे अपरिहार्य आवस्यकता देखिएको उनको जिकिर थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org