ताजा समाचार

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थिति रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेता नेपाल र रावलले बिहीबार जवाफ पठाएका छन् । दुई नेताले भने जवाफ दिन बाँकी छ ।

केन्द्रीय सदस्यहरुको बैठकपछि सांसदहरुको बैठक बस्नेछ । शुक्रबार ३ बजे बोलाइएको संसदीय दलको बैठकमा जाने नजाने छलफल हुने एक सांसदले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org