ताजा समाचार

नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ: ओली

काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका छन्।

अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा भएको संसदीय दलको बैठकमा सो धारणा व्यक्त गरेका हुन्।

‘उहाँहरु दुईजनाले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए, ‘दुईजनाको आएको छैन, सकारात्मक आउने अपेक्षा छ।’

पार्टीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो।

नेपाल र रावलले बिहीबार स्पष्टीकरण बुझाएका हुन् भने भुसाल र पाण्डेले भने बुझाउने क्रममै रहेको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org