ताजा समाचार

प्रधानमन्त्री-सभामुख २ घण्टा भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

संसद् अधिवेशन अन्त्य गर्ने संकेत गरेका प्रधानमन्त्रीसँग सभामुखको भेटलाई चासोका साथ हेरिएको छ ।  प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटार गएका हुन् । ‘बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सभामुख जानु भएको हो । संसद्लाई प्रभावकारीका साथ अघि बढाउने विषयमा छलफल भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

यस अघि चैत ९ गते सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटका लागि आफूले समय मागेको बताएका थिए ।  राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न पुगेका बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाको भेट भएको थियो ।

प्रतिनिधिसभा विघटनमा प्रधानमन्त्रीको कदमलाई सभामुख सापकोटाले विरोध गरेपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको थियो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा बदर गरिदिएको थियो । प्रधानमन्त्री र सभामुखबीच गएको भदौ यता औपचारिक भेटवार्ता भएको थिएन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद् बैठक अघि बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न आग्रह गरेपछि सापकोटाले भेट गरेका हुन् ।  उनीहरुबीच २ घण्टा छलफल भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org