एकाविहानै ‘ह्याप्पी होली’ भन्दै मधेसी नेतालाई प्रचण्डको फोन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सोमबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोन गरे ।
प्रचण्डको फोन आउँदा मधेसी नेताहरु नयाँ सरकार गठनबारे कुरा गर्न लागेका हुन् भन्ने सोचाइमा थिए । तर, प्रचण्डले राजनीतिको कुरो गरेनन् ।
जसपाका एक नेताका अनुसार प्रचण्डले होलीको शुभकामना दिनका लागि मधेसी नेताहरुलाई बिहानै टेलिफोन गरेका हुन् । प्रचण्डले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका नेताहरुलाई फोन गरेर होलीको शुभकामना दिएका थिए ।
पहाड र तराईमा दुई दिन मनाइने होली पर्व आइतबार उपत्यका र पहाडमा मनाइयो भने सोमबार तराई–मधेसमा मनाउने प्रचलन छ ।
ओलीविरोधी समीकरणमा आउन हिच्किचाइरहेका मधेसी नेताहरुलाई प्रचण्डले राजनीतिक कुराकानी नगरे पनि होलीको शुभकामना दिएर सम्बन्ध सुधार्न खोजेको हुन सक्ने जसपा नेताहरु बताउँछन् । जसपाका एक नेताले भने, ‘उहाँले फोन गरेर होलीको शुभकामना दिनुभयो, हामीले पनि शुभकामना दियौँ ।’
यसैबीच, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा माओवादी केन्द्र र जसपाबीच थप संवाद अगाडि बढाउने तयारी भइरहेको माओवादीका एक नेताले बताए ।
जसपाका शीर्ष नेतामध्ये उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीविरोधी मोर्चा बनाउने लाइनमा भए पनि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुलाई चाहिँ केपी ओलीले सकेसम्म आफ्नो कित्तामा ल्याउने, नसके पनि तटस्थ राख्ने प्रयास गरिरहेका छन् ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...