ताजा समाचार

प्रदूषणबाट बालबालिकालाई जोगाउन विद्यालय बन्द गराउने छलफलमा छौः प्रधानमन्त्री

काठमाडौं । देशभर व्याप्त भएको वायू प्रदूषणका कारण सरकारले विद्यालयहरु बन्द गराउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले सो जानकारी दिएका हुन् ।

‘अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौ । छिट्टै निर्णय लिइन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org