ताजा समाचार

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडाैँ । आन्तरिक विवाद चुलिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को  खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

मंगलबार दिउँसो बैठक बस्न लागेको भए पनि स्थान र समय टुंगिन बाँकी रहेको उक्त समूहका एक स्थायी समिति सदस्यले जानकारी दिए।

यसअघि सोमबार साँझ  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए।

ओलीको उक्त कदमको विरोध गर्दै नेपालले आफूले ओलीको डटेर सामना गर्ने बताएका थिए।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल-नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। गोरखामा  त त्यस्तो समिति गठन नै भइसकेको छ।

आजको छलफलमा अबको थप रणनीतिबारे छलफल हुने ती स्थायी समिति सदस्यले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org