ताजा समाचार

राष्ट्रपति भण्डारीद्वारा नेता मानन्धरको निधनमा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

नेता मानन्धरको सोमबार ९१ वर्षको उमेरमा निधन भएको हो। मानन्धरको निधनमा राष्ट्रपति भण्डारीले श्रद्धाञ्जली व्यक्त गर्दै लेखेकी छन्‚ ‘नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनको खबरले मलाई दु:खी तुल्याएको छ। स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org