ताजा समाचार

घनश्याम भुसालको ओलीलाई ११ पन्ने स्पष्टीकरण: ‘क्रान्ति त अघि बढ्छ, भोलि तपाँई दण्डित हुनु हुनेछ’ (पत्रसहित)

काठमाडाैँ । नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।

ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दै उनले उनले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ? भनि प्रश्न गरेका छन्।

‘पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जीवित गर्न सक्छन्’, उनको पत्रमा भनिएको छ, ‘ मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्।

अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’

हेर्नुहोस् पत्रको पूर्ण पाठ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org