ताजा समाचार

एमालेको २० पन्ने सर्कुलरः अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन (पूर्णपाठसहित)

काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ ।

पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो ।

मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले सोको आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पङ्क्तिमा निर्देशन जारी गरिएको सर्कुलरमा भनिएको छ ।

जसमा पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाहरूका सम्बन्धमा सविस्तार ब्याख्या गरिएको छ भने विभिन्न आन्तरिक आदेश र निर्णयहरूबारे जानकारी गराइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org