ताजा समाचार

नेपाल समूहको वक्तव्य– ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागे

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी समिति सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाएका छन्।

एमालेका नेपाल–खनाल पक्षका ११ स्थायी समित सदस्यहरुले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको आरोप लगाएका हुन्।

मंगलबार कलंकीको मेधा पार्टी प्यालेसमा नेपा–खनाल पक्षको स्थायी समिति बैठक बसेको थियो।

‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ।

ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौताविपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभइ एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org