ताजा समाचार

देउवासँगको छलफल सकिएलगत्तै बाबुरामलाई भेट्न टोखा पुगे प्रचण्ड

काठमाडाैँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि अध्यक्ष प्रचण्ड जसपाका संघीय परिषद् अध्यक्ष भट्टराईलाई भेट्न टोखा पुगेका हुन् ।

बाबुरामलाई भेट्न टोखा जानुअघि मंगलबार दिउँसो प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटमा सभापति देउवा र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org