ताजा समाचार

जानकीदेवीले लिइन् प्रतिनिधिसभा सदस्यको सपथ

काठमाडौं । नेकपा एमालेकी नेतृ जानकीदेवी रामले प्रतिनिधसभा सदस्यको सपथ ग्रहण गरेकी छन्।

आइतबार सभामुख अग्नि सापकोटाले उनलाई संसद सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

जानकीदेवी सिरहाकी हुन्। समानुपातिक सांसद सानु सिवाको निधनपछि खाली भएको कोटामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकीदेवीको नाम मनोनयनका लागि निर्वाचन आयोगमा सिफारिस गरेका थिए।

एमालेले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा शिवापछि समावेशी समूह दलिततर्फको कोटामा रामको नाम समावेश थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org