ताजा समाचार

नक्कली टिकट बेच्ने एनआरएनए नेताको कार्यालयमा पोर्चुगल प्रहरीको छापा, कुँवर पदबाट निलम्बित

काठमाडाैँ । पोर्चुगलमा ट्राभल्स र रेमिट्यान्सको व्यवसाय चलाउँदै आएका  एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रम जंग कुँवरको कार्यलयमा प्रहरीले छापा हानेको छ ।

उनले नेपाल फर्किन लागेका नेपालीलाई नक्कली टिकट बेचेको खुलासा भएपछि पोर्चुगल प्रहरीले छापा हानेको हो । उनको  लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले स्थानीय समय अनुसार सोमबार रातको करिब ११ बजे छापा मारेको थियो।

स्रोतका अनुसार सो क्रममा प्रहरीले कैयौँ फर्जी कागजातहरु बरामद गरेर लगेको छ।

प्रहरीले छापा मारे पश्चात सो ट्राभल्सबाट  विभिन्न समयमा विभिन्न शीर्षकमा ठगिएको भन्दै दर्जनौँ नेपालीहरुको ट्राभल्स  अगाडि भीड नै  लागेको थियो। उनीहरुले ट्राभल्स संचालकको चर्को विरोध गरेका थिए भने आफूहरुलाई सहयोग गर्न प्रहरी समक्ष याचना गरिरहेका देखिन्थे।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org