नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन, आज पनि छैनः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेता नमिन्द्रराज जोशीको निधनले पार्टीले पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको बताएका छन् ।
स्वर्गीय जोशीको निधन भएको १३औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै सभापति देउवाले स्वर्गीय जोशीले पार्टी र सरकारमा मन्त्री हुँदा गरेको काम उदाहरणीय रहेको बताए । उनले स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको बताए ।
फरक प्रसंगमा पार्टी सभापति देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे । नेताहरूले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कुनै संकटमा नरहेको ठोकुवा गरे । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे ।
उनले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहदैन । कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौ । पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौ । धेरै पटक जितेका पनि छौ । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन ।’
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधले पार्टीमा अपुरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।
Comments
अरु समाचार
-
शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन सिम्रिक हेलिकप्टरबाट पानी (फोटोफिचर)
काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो...
-
सुदूरपश्चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ । धनगढीमा दुई दिनसम्म चलेको...
-
सीसीएमसीको निर्णयप्रति प्याब्सनको आपत्तिः विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ
काठमाडौँ । कोभिड-१९ को दोस्रो लहर बढेपछि विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाउने सीसीएमसीको निर्णयप्रति निजी विद्यालय सञ्चालकले आपत्ति...
-
सत्ता समीकरणमा निर्णायक हुने भनिएको जसपा बैठक सुरु
काठमाडाैँ । सत्ता समीकरणबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा...
-
शीतलनिवासमा फेरि हुँदैछ अर्को विभूषण वितरण, नेपालको परिवर्तित नक्सा नै अंकित गरिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः...
-
छलफलबाटै पार्टीभित्र देखिएका समस्या समाधान हुन्छ : नेपाल
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक...
-
बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान
काठमाडाैँ । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा...
-
देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडाैँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माका...
-
आज काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइँदै
काठमाडाैँ । आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा...