ताजा समाचार

नयाँ सरकार गठनलाई लिएर कांग्रेसले माओवादी र जसपासँग संयुक्त छलफल गर्ने

काठमाडौँ । नयाँ सरकार गठनलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त छलफल गर्ने भएको छ।

नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप खेपेको कांग्रेसले शुक्रबार दुई बजेपछि जसपा र माओवादीसँग बस्न लागेको हो।
स्रोतका अनुसार यी दुई पार्टीको अन्तिम निर्णय यस छलफलबाट लिने तयारी कांग्रेसले गरेको छ।

स्रोतले भन्यो,‘ सभापति देउवाले शुक्रबार जसपा र माओवादीसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ। नयाँ सरकार गठनमै छलफल केन्द्रीत हुनेछ।’

यसैबिच देउवालाई बिहीबार माओवादी केन्द्रका प्रवक्त नारायणकाजी श्रेष्ठले भेटेर सरकार गठनमा ढिलाई नगर्न आग्रह गरेका छन्।

श्रेष्ठले भने,‘कांग्रेस सभापति देउवालाई जतिसक्दो सरकार गठनको नेतृत्व लिन सुझाव दिइएको छ। उहाँले छिटोभन्दा छिटो यो काम टुंग्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ।’

छलफलका क्रममा माओवादीले पहिले केपी ओली नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिनुपर्ने अडान देउवाले राखेका थिए।
श्रेष्ठले आफूहरुले सरकारको समर्थन जतिबेला पनि लिन सक्ने भएकाले त्यसमा ढुक्क हुन आश्वासन दिएका थिए।

अर्कोतिर माओवादीले जसपालाई मनाउने प्रयास जारी राखेको छ। शुक्रबार बिहान जसपाका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसँग छलफलको तयारी माओवादीले गरेको छ।

पार्टी कार्यक्रममा जनकपुरमा रहेका यादव बिहीबार साँझ मात्रै काठमाडौँ आउने भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org