ताजा समाचार

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडौं । अब आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने गरी मेरो कित्ता सञ्चालनमा आएको छ ।

शुरूका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्ने छन् ।

नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सकिने व्यवस्था सरकारले मिलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो कित्ता शुभारम्भ गरेका छन् । बिहीबार नापी विभागले गरेको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले शुभारम्भ गरेसँगै भवन निर्माण र किनबेचका लागि आवश्यक जग्गाको नक्सा प्रिन्ट जग्गाधनीले घरैबाट गर्नसक्ने भएका हुन् ।

नापी विभागको वेबसाइटमा गएर मेरो कित्तामा लगइन गरी आफट्ठले चाहे अनुसार उपत्यकाको जग्गाको विवारण हेरी आफैंले प्रिन्ट गर्न सकिने विभागले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org