ताजा समाचार

एमाले अनुशान आयोग अध्यक्षको आग्रहः भोलिको बैठक तत्काल स्थगित गराैं

काठमाडाैं । अमृत कुमार बोहरा केन्द्रीु अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय महाधिवेसन आयोजक कमिटीको बैठक रोक्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएको स्मरण गर्दै बोहराले बैशाख ६ गते बोलाइएको आयोजक कमिटिको बैठकलाई तत्काल स्थगित गरेर अगाडी बढ्न चेतावानी समेत दिएका छन् ।

उनले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भन्दै उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नु नगर्न भनेका छन् ।

पार्टी अध्यक्ष ओलीले एकलाैटी गरेका निर्णयहरुले एमालेको एकतालाई भंग पार्नेतर्फ संकेत गर्दै उनले एमाले अत्यन्तै संकटको अवस्थामा रहेको समेत जनाएका छन् ।

यस्तै, बोहराले फागुन २८ पछिका सबै निर्णय खारेज गर्दै कमिटीमा थपिएका र हटाइएका सबै विषयलाई खारेज गर्दै नवाैं महाधिवेशनको नीति, कार्यदिशा, विधान एवम् नियमावली अनुसार काम गर्न सुझाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org