ताजा समाचार

खनाल–नेपाल समूह अदालत जाँदै

काठमाडौं । ‘दल फुटाउन उद्यत’ रहेको भन्दै पार्टी संसदीय दलले स्पष्टीकरण पत्र थमाएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सर्वोच्च अदालत जाने भएको छ ।

राजनीतिक दलसम्बन्धी कानुन प्रतिकूल हुनेगरी र समानान्तर गतिविधिकै कारण सांसदहरूलाई कारबाही गर्ने मनशायका साथ स्पष्टीकरण पत्र काटिएको भन्दै सांसदहरू अदालत जान लागेको एक नेताले जानकारी दिए । उनका अनुसार खनाल–नेपाल समूहले कानुन व्यवसायीमार्फत् मुद्दा (उत्प्रेषणसम्बन्धी) दर्ता गर्न लागेको छ ।

“सांसदहरूलाई अनधिकृत हिसाबले पत्र काटिएको छ । हामीले दल त्याग गरेका पनि छैनौँ । ह्वीप उल्लंघन पनि भएको छैन,” एक नेताले भने, “हामीलाई बिनाकारण स्पष्टीकरण पत्र सोधिएकाले अदालत जान लागेका हौँ,” उनले भने ।

स्पष्टीकरण सोधिएकी सांसद रामकुमारी झाँक्रीले मंगलबार अदालत जाने संकेत गरेकी थिइन् । खनाल–नेपाल समूहले आजै निवेदन दर्ता गर्ने तयारी गरेको ती नेताको जिकिर छ ।

खनाल–नेपाल समूहले पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म कसरत गर्ने भन्दै पार्टी, दलले सोधेको स्पष्टीकरणको जवाफ भने दिने भएको छ ।

वरिष्ठ नेता नेपालसहित चारजनालाई दुई दिनभित्र जवाफ दिनभन्दै पुनः स्पष्टीकरण माग गरिएको छ । झलनाथ खनालसहित २३ सांसदलाई तीन दिनभित्र जवाफ दिन भनिएको छ ।

एमालेले प्रदेशका पाँचसहित कुल ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org