सर्वोच्चको आदेश- अख्तियारले अव ‘स्टिङ अपरेसन’ गर्न नपाउने (आदेशसहित)
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंले घूस रकम उपलब्ध गराउँदै ‘स्टिङ अपरेसन’का आधारमा अब सरकारी कर्मचारी पक्राउ गर्न नपाउने भएको छ ।
पछिल्लो समयमा अख्तियारको कामै ‘स्टिङ अपरेसन’ गर्दै पक्राउ परेका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा लगाउँदै आएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासबाट त्यस्तो रिट जारी भएको हो । सर्वाेच्च अदालतको संवैधानिक इजलासद्वारा निवेदककै पक्षमा रिट जारी गर्ने निर्णय भएसँगै ‘स्टिङ अपरेसन’ गर्न बन्देज लाग्ने भएको हो ।
‘फौजदारी न्यायका मान्य सिद्धान्त कानुनको उचित प्रक्रिया तथा प्रमाण संकलनसम्बन्धी न्यायिक मान्यताका दृष्टिलेसमेत मनासिब र तार्किक देखिएन । अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तबरबाट कार्य गर्न प्रोत्साहित गर्ने प्रकृतिको समेत देखियो’ अदालतको आदेशमा भनिएको छ ।
अख्तियारले २०५९ पछि नियमावलीका आधारमा सरकारी कार्यालयमा घूस न्यूनीकरणअन्तर्गत ‘स्टिङ अपरेसन’ चलाउँदै भ्रष्टाचार मुद्दा लगाउँदै आएको थियो ।संवैधानिक इजलासले रिट जारी गरेसँगै झण्डै चार सय भ्रष्टाचार मुद्दा प्रभावित हुनेछ । ‘स्टिङ अपरेसन’मै परेका केही सरकारी कर्मचारीले आत्महत्याको बाटोसमेत रोजेका थिए ।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ मा ‘स्टिङ अपरेसन’ संविधान र प्रचलित कानुनसँगै बाँझिएको जिकीरसहित रिट निवेदन दर्ता गराएका थिए । रिट निवेदकका पक्षबाट बहसमा संलग्न अधिवक्ता ललितबहादुर बस्नेतले भने, ‘अख्तियार आफैँले पैसा दिंदै ‘स्टिङ अपरेसन’ गर्न मिल्दैनथ्यो । यो सरासर गैरसंवैधानिक र गैरकानुनी कार्य थियो । अब अदालतबाट रिट जारी भएपछि अख्तियारले यो काम गर्न पाउँदैन ।’
Comments
अरु समाचार
-
प्रधानमन्त्री कार्यालयमा चार देशका राजदूत, एक घण्टा वार्तालाप
काठमाडाैँ । नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री...
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः नेता खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण परिवर्तन...
-
सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता
काठमाडाैं । चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङले बिहीबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ...
-
प्रधानमन्त्रीसँग विपीन जोशीका परिवारको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...
-
संसदीय समितिको आजको बैठकमा फास्ट ट्रयाकबारे छलफल
काठमाडौं। संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो...
-
झापाबाट फर्केका ओली प्रधानमन्त्री भेट्न एयरपोर्टबाट सिँधै सिंहदरबार पुगे
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै...
-
जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा...
-
गल्फुटारमा कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस...
-
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन
काठमाडौं। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन रहेको छ। यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि...