ताजा समाचार

ओली र नेपालबीचको वार्ता सकियो

काठमाडाैँ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

अध्यक्ष अ‍ोली र नेपालबीच बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी थिए ।

२३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ । एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ । विवाद चिर्किदै गएपछि अध्यक्ष ओलीले माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुका साथै सोमबार मात्रै नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधका छन् ।

यसअघि बालुवाटार पुगेर अध्यक्ष ओलीलाई भेटेर नेता योगेश भट्टराईले पार्टीको एकतालाई पहिलो शर्त मानेर शीर्ष तहमा संवाद अघि बढ्न आग्रह गरेका थिए । ‘एकताको कुरा गर्दा बामपन्थीको एकता पहिलो शर्त हुनुपर्ने र त्यसपछि बामपन्थीसहितको एकतामा केन्द्रित हुनुपर्छ,’ बैठकमा भट्टराईले भनेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org