ताजा समाचार

कम्युनिस्ट आन्दोलनको झण्डा झुक्न दिँदैनौं : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुले मिलेर पार्टी फुटाएको आरोप लगाएका छन् ।

लेनिन दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले भने, “हामी कम्युनिस्ट आन्दोलनको एकताको झण्डा झुक्न दिनेछैनौं ।” कम्युनिस्ट आन्दोनको एकताको पक्षमा नै लागिरहने प्रतिज्ञा नै आजको आवश्यकता भएको उनको धारणा थियो।

प्रचण्डले प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनलाई बहुमतले पराजित गरेको बताए । उनले तत्कालीन नेकपाका अध्यक्ष ओलीले पार्टीमा विदेशी शक्तिको आडमा संविधान मिचेको आरोप लगाए ।

“एकतिहाइ बहुमत लिएर बसेकाहरु विदेशी शक्तिको आडमा मात्रै कानुन, संविधान मिच्ने, मूल्य–मान्यता मिच्ने काम भएको छ,” उनले भने ।

संसद् विघटनविरुद्ध सडकमा गएका पार्टीहरु एउटा मोर्चामा खडा हुनुपर्ने पनि उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org