ताजा समाचार

माधव नेपालको ब्रिफिङ- नवौं महाधिवेशनबाट निर्वाचित कमिटी कायमै राख्ने मागबाट पछि हट्दिनँ

काठमाडाैँ । नेकपा एमाले नेता माधवकुमार नेपालले नवौं महाधिवेशनको कमिटी ब्युँताउन अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने भएका छन् ।

आफूपक्षीय नेताहरूलाई बिहीबार दुई घण्टा ब्रिफिङ गर्दै उनले पार्टीको कमिटी २०७५ जेठ २ को स्थितिमा फर्काउनुपर्ने अडानबाट पछि नहट्ने बताएका हुन् ।

‘नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई भंग गर्ने निर्णय उहाँले सच्याउनुपर्ने अडानबाट म पछि हट्ने अवस्था छैन । अन्य विषयको छलफल उहाँले त्यो कमिटीलाई क्रियाशील बनाएपछिमात्रै गर्ने पक्षमा म छु । आजको भेटमा समेत मेरो एजेण्डा यही नै हुनेछ,’ बैठकमा उनले गरेको ब्रिफिङबारे जानकारी दिँदै नेता युवराज ज्ञवालीले भने ।

अध्यक्ष ओलीले २८ फागुनमा नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । २३ फागनुमा सर्वोच्च अदालतको फैसलासँगै एमालेलाई पूर्ववत् अवस्था फर्किएकाले निर्वाचित कमिटीलाई समेत यथावत राख्नुपर्ने नेता नेपालको अडान छ ।

नेता नेपालले बुधबार साँझको छलफलमा पनि यही  माग राखेका थिए । आज हुने छलफलमा समेत यही अडान कायमै राख्ने उनले आफूनिकट नेताहरूसँग बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org