ताजा समाचार

ओलीलाई सुरेन्द्र पाण्डेको जवाफ- ओलीको कदम कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रकृतिको छ (पूर्ण पाठसहित)

काठमाडाैँ । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले पार्टीलाई एकतावद्ध नगरेमा दुष्परिणामको भागीदार पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने बताएका छन् ।

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिँदै पाण्डेले ओलीको कदम नेपाल कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने किसिमको भएकाले सबै प्रक्रिया रोकेर पार्टीलाई एकतावद्ध बनाउनेमा केन्द्रित हुन भनेका छन् ।

‘सबै प्रक्रिया रोकेर एकतावद्ध गर्नेमा पहल केन्द्रित गर्न आह्वान गर्छु । अन्यथा यसले निम्त्याउने दुष्परिणामको भागीदार अध्यक्ष नै हुनुपर्नेछ ।’

उनले पार्टी विधानविपरीत आफूले कुनै पनि काम नगरेको दाबी गरेका छन् ।  आफ्ना सम्पूर्ण काम पार्टीको सिद्धान्त, नीति र कार्यक्रमअन्तर्गत भएको पाण्डेको दाबी छ ।

जनताबाट निर्वाचित प्रतिनिधिसभाको पद नै समाप्त गरिदिने पत्र लेख्नु संविधानविपरीत हुने पाण्डेको जवाफ छ । पार्टीको विधान र महाधिवेशनको मार्गनिर्देशनअनुसार सक्रिय हुँदा अर्को दल खोलेको आरोप लगाउनु हास्यास्पद भएको उनको भनाइ छ ।

‘प्रतिनिधिसभाको पद नै समाप्त गरिदिने आशयको पत्र लेख्नु नेपालको संविधान, कानुन र एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान तथा  २३ फागुनको सर्वोच्च अदालतको फैसलाविपरीत छ,’ उनको स्पष्टीकरणमा भनिएको छ ।

हेर्नुस्, पाण्डेले दिएको स्पष्टीकरणको जवाफको पूर्णपाठ :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org