ताजा समाचार

मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिन पनि भेटवार्ता भएको छ ।

बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता भइरहेको छ । आज पनि भएको दोस्रो वार्ताका लागि दुबै नेता अपरान्ह मेरियट पुगेका थिए।

उनीहरू होटलमा पुगेको केही समयपछि प्रधानमन्त्री ओलीको सचिवालयबाट एउटा तस्बिर सार्वजनिक गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री ओलीले र नेता नेपाल कोठाको झ्यालबाट बाहिर हेरिरहेको देखिन्छ ।

थापाले फोटो सेयर गर्दै दुबै नेताले धरहरा हेरिरहेको बताएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नु हुँदै।’ तस्बिर राखेर थापाले लेखेका छन् ।

ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय गर्ने भएकाले यसलाई अर्थपुर्ण र निर्णायक ठानिएको छ ।

लामो संवादहिनता ताड्दै ओली र नेपालबीच हिजो भेटवार्ता भएको हो । हिजोको वार्तामा नेता नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि वार्ता निष्कर्षविहिन बनेको थियो । आजको वार्ताले केहि निष्कर्ष दिने बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org